Sajhamanch Archive

नेपालको बिजुली अब मलेसिया र सिंगापुरमा

Published: in मिडियाबाट साभार by .

नयाँदिल्ली । झट्ट सुन्दा अचम्म लाग्छ। यही ३०–३१ अगष्टमा काठमाडौंमा हुन गइरहेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका निम्ति बंगालको खाडीको प्रयास(बिमस्टेक) को चौथो सम्मेलनमा ‘ग्रिड कनेक्टिभिटी’ (विद्युत् प्रसारण लाइन सञ्जाल) सम्बन्धी सम्झौतामा हस्ताक्षर भए नेपालमा उत्पादित बिजुली सिंगापुरसम्म पुर्‍याउन धेरै वर्ष लाग्ने छैन।
बिमस्टेकअन्तर्गत निर्माण गर्ने भनिएको क्षेत्रीय प्रसारण लाइनमार्फत् थाइल्याण्डसम्म पुगेको बिजुली आसियन पावर ग्रिडमार्फत मलेसिया र सिंगापुरसम्म निर्यात गर्न सकिनेछ। हाल आसियन पावरग्रिडमार्फत् लाओस्, मलेसिया र सिंगापुरसम्म आपूर्ति भइरहेको छ।
भारतका लागि थाइल्याण्डका राजदूत छुतिन्तोन गोंग्साक्डीले पनि बिमस्टेक ग्रिड कनेक्टिभिटी सम्झौतापछि नेपाललगायतबाट पनि बिजुली आयात गर्न बाटो खुला हुने बताए।
कान्तिपुर दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *