Sajhamanch Archive

काठमाडौंमा रेल गुडाउन बेलायतमा अनुसन्धान

Published: in मिडियाबाट साभार by .

काठमाडौं । काठमाडौं उपत्यकाको अब्यवस्थित यातायात, ट्राफिक जाम, धुलो र धुँवाको दीर्घकालीन समाधान हुन सक्ने ठानिएको प्रस्तावित भूमिगत रेल सेवाबारे बेलायतको एक विश्वविद्यालयका विद्यार्थीहरुले अनुसन्धान गरिरहेका छन् ।

बेलायतको बारविक विश्वविद्यालयमा स्नाकोत्तर तहमा ‘टनेलिङ एन्ड अन्डरग्राउन्ड स्पेस’ कोर्ष पढिरहेका १३ विद्यार्थीले काठमाडौं उपत्यकामा भूमिगत रेल सेवाको संभावनाबारे तीन महिना लामो अनुसन्धान सुरु गरेका हुन ।

उनीहरु मलेसिया, सिंगापुर, चीन, ब्राजिल, फिलिपिन्स, भारत र बेलायतका विद्यार्थीहरु भएको विश्वविद्यालयले जनाएको छ ।

बारविक विश्वविद्यालयलाई एमएस्सी टनेलिङ एन्ड अन्डरग्राउन्ड स्पेस कोर्ष चलाउन अनुमति दिएको हो, जुन सुरुङ सम्बन्धी अध्ययनका लागि बनाइएको विशेष कोर्ष मानिन्छ । कान्तिपुर दैनिकबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *