Sajhamanch Archive

तरकारीमा सिन्डिकेटः अनुगमनकर्ता नै नियन्त्रणमा

Published: in मिडियाबाट साभार by .

काठमाडौं । वाणिज्य विभागको अनुगमन टोली सोमबार विहानै कालिमाटी पुग्दा तरकारी लिएर ललितपुर र बाराबाट आएका दुई गाडी भित्र पस्दै थिए ।

टोलीले दुवै गाडीका चालकसँग विल र कागजात माग्यो । नपाएपछि नियन्त्रणमा लियो ।

लगत्तै ब्यापारी भेला भए र विरोध गर्न थाले । त्यसपछि विवाद यति उग्र भयो कि व्यवासायीले अनुगमन टोलीलाई नै नियन्त्रणमा लिए ।

तरकारी विग्रिन्छ, खुला गरिदिनुस भन्दै व्यवासयी भेला भए, टोलीका संयोजक दीपक पोखरेलले भने, कारवाही अघि बढाउँछौँ भन्दा नाराजुलुस गरे ।

व्यापारीहरुले अनुगमन गर्न पाइँदैन सरकारी टोली मुर्दाबाद भन्दै नारा लगाएका थिए ।,

कान्तिपुर दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *