Sajhamanch Archive

सर्पले टोके गर्नुहोस् यी सात उपाय

Published: in रोचक कुरा / टिप्स by .

एजेन्सी । मनसुन सुरु भएलगत्तै सर्प बाहिर निस्कने सिलसिला पनि सुरु भएको छ । यस्तो अवस्थामा सर्पदंशको घटनामा पनि वृद्धि भएको छ ।

आज हामी तपाईंले सर्पले टोकिहालेको अवस्थामा तुरुन्त अपनाउनुपर्ने तरिकाबारे यहाँ जानकारी दिँदै छौं ।

सर्पको विष तीन प्रकारका हुन्छ । यसमा हिमोटोक्सिक, न्यूरोटक्सिक र मायोटक्सिक समावेश छन् ।

हिमोटोक्सिकः यसले रक्त कोशिकामा आक्रमण गर्दछ । शरिरमा थुप्रै स्थानबाट रक्तश्रावको लक्षण र रगतको बान्ता ।

न्यूरोटक्सिकः यसले शरिरको स्नायू प्रणालीमा आक्रमण गर्दछ ।

मायोटक्सिकः यस्तो विष भएका सर्प समुन्द्रमा पाइने भएकाले नेपालमा यसको संख्या सून्यको स्थितीमा छ ।

सर्पले टोक्दा अपनाउनुस् यी घरेलु उपायः

१। सुई निकालिएको इन्जेक्सन लिएर टोकेको स्थानबाट रगत तान्नुहोस् । यसलाई ५ देखि ७ पटक दोहोराउनुहोस् ।

२। घाउलाई चिसो पानीले पखाल्नुहोस् ।

३। सर्पले टोकेको स्थानमा कागतीको रसले पखाल्नुहोस् । यसले संक्रमणको खतरा कम हुन्छ ।

४। चिसो माटोको पट्टी बनाउनुहोस् र त्यसलाई टोकेको स्थानमा राख्नुहोस् । यसलाई हरेक १० मिनेटमा परिवर्तन गर्नुहोस् ।

५। घाइतेलाई सुत्न नदिनुहोस् । दुधमा गाइको घ्यु मिसाएर घाइतेलाई पिउन दिनुहोस् ।

६। लसुनको पेष्टमा मह मिसाएर चटाउँदा पनि संक्रमण कम हुने गर्दछ ।

७ मूलाको पात रगढ्दा जलन कम हुन्छ

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *