Sajhamanch Archive

अभिनेता टोरेसले गरे रुखसँग विवाह

Published: (Updated: ) in टिप्स/जानकारी by .

एजेन्सी । पेरुका अभिनेता रिचर्ड टोरेसले डोमिनिकन रिपब्लीकको राजधानी सेन्टो डोमिगोमा जथाभावी रुपमा रुख कटानीकाविरुद्ध सबैको ध्यान खिच्नका लागि रुखसँग विवाह गरेका छन् ।

सेन्टो डोमियोभन्दा केही मिटरको दूरीमा रहेको कोलोन पार्कमा भएको यो अनौठो विवाहले दर्जनौ व्यक्तिहरुको ध्यानाकर्षण गरेको छ ।

टोरेसले रुखमा औंठी राख्दै त्यहाँ उपस्थित एकजना व्यक्ति, जो न्यायधिशको भूमिकामा थिए, उनलाई आफूलाई विवाह गर्न स्वकार छ भन्दै विवाह सम्पन्न गरेका थिए ।

अभिनेताले सञ्चारमाध्यममा भने, ‘हामी १७ औं विवाह गर्नका लागि सेन्टो डामिगो आएका छौं । हाम्रो यात्रा १०० वटा विवाह समारोह गरेर गिनिज बुकमा नयाँ रेकर्ड नबनाएसम्म रोकिने छैनौं ।’

यसअघि उनले कोलम्बो, अर्जेन्टिना, मेक्सिको, चिली, क्यूवालगायतका कयौं देशमा रुखसँग विवाह गरिसकेका छन् ।

यस विवाह समारोहमा टोरेसका साथमा डोमिनिकन कलाकारहरु पनि थिए । जसले दुलहा र दुलहीको साथीको भूमिका निर्वाह गरेका थिए ।

टोरेसको प्रकृति प्रतिको प्रेम अहिले संसारभर चर्चाको विषय बनेको छ । सामाजिक संजालमा अहिले उनले रुखबिरुवा जोगाउन गरेको यस कदमको सराहना भइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *