Sajhamanch Archive

फेसबुकमा प्रधानमन्त्रीको कार्टुन सेयर गर्दा पक्राउ परे वडा सचिव

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाएर प्रधानमन्त्रीबारे अफबाह फैल्याएको अभियोगमा एकजना सरकारी कर्मचारी नै प्रहरीको फन्दामा परेका छन् ।

महानगरीय प्रहरी अपराध महाशाखाले भक्तपुरको सूर्यविनायक नगरपालिका-३ घर भइ हाल काभ्रेको रोशी गाउँपालिका-५ का सचिव तथा नायव सुब्बा होमनाथ सिग्देललाई बबरमहलबाट पक्राउ गरी हिरासतमा लिएको हो ।

फेसबुकमा नक्कली आइडी बनाई लक्ष्मण पराजुलीले बनाएको कार्टुन सेयर गरेर प्रधानमन्त्रीबारे अफबाह फैल्याएको अभियोग उनीमागथि लागेको छ ।

त्यसैगरी प्रमबारे भ्रम पर्ने खालका कार्टुन र अन्य तस्बिरहरु सेयर गरेको तथा गालीगलौज गरेको अभियोगमा पक्राउ परेका उनलाई प्रहरीले विद्युतीय कारोवार ऐन (साइबर क्राइम) अन्तर्गत मुद्दा चलाउने तयारी गरेको छ ।

‘प्रधानमन्त्रीलाई लक्षित गरी नकारात्मक सामाग्री पोस्ट गरेर फेसबुकमार्फत भ्रम फैलाएको पाइयो’, महानगरीय अपराध महाशाखाका एसपी नरेन्द्र उप्रेतीले भने, ‘उनलाई साइबर क्राइम अन्तर्गत हिरासतमा राखेर अनुसन्धान थाल्दैछौँ ।’

विद्युतीय कारोबार ऐन,२०६३ को दफा ४७ बमोजिम विद्युतीयस्वरुपमा गैरकानुनी कुरा प्रकाशन गरेको अभियोगमा पक्राउ परेकाले उनीमाथि एक लाखसम्म जरिवाना र पाँच वर्षसम्म जेल सजाय हुन सक्नेछ ।

अन्नपूर्ण पोष्टबाट ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *