Sajhamanch Archive

बलात्कारपछि हत्याको बिरोधमा प्रहरी र प्रदर्शनकारीबीच तनाव

Published: in राष्ट्रिय समाचार by .

महेन्द्रनगर । महेन्द्रनगरमा विहानैदेखि भएको प्रदर्शन अहिलेसम्म जारी छ ।

निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले सार्वजनिक गरेका अभियुक्त वास्तविक अपराधी नभई घटना लुकाउन खोजिएको भन्दै प्रदर्शन गरिएको हो ।

प्रदर्शनकारीले प्रहरीलाई ढुंगा, पानीका बोतल प्रहार गरेपछि भीड नियन्त्रण गर्न प्रहरीले १२ सेल अश्रुग्यास प्रहार गरेको छ ।

प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालयअगाडिलगायत बजारका विभिन्न ठाउँमा प्रदर्शन गरिरहेका छन् । पूर्वपश्चिम राजमार्गमको सडकमा ढुंगा थुपारी, टायर बालि अवरुद्ध गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *