Sajhamanch Archive

प्रधानमन्त्री ओलीबाट आयुर्वेदिक चिकित्सालयको शिलान्यास

Published: (Updated: ) in स्थानीय तह by .

झापा । आज प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गृह्र नगर झापाको कमल गाउँपालिका वडा नं ७ मा निर्माण हुन लागेको प्रदेश नं. १ स्तरीय प्राकृतिक आयुर्वेदिक चिकित्सालयको शिलान्यास गरेका छन् ।

शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयबाट निर्माण हुने सो अस्पताल १७ करोड २९ लाख लागतमा र चिकित्सालय ५० शैयाको हुने अस्पतालका रेखदेख समितिका संयोजक मणिकुमार भण्डारीले बताएका छन् ।

प्रदेशस्तरीय सो आयुर्वेदिक चिकित्सालयमा दैनिक आकस्मिकसहित बहिरङ्ग सेवा, शल्यचिकित्सा कक्ष, प्रयोगशाला सेवाजस्ता पूर्वाधार निर्माण हुने समितिको भनाई छ ।

आर्थिक बर्ष २०६७÷०६८ मा ३ हजार स्थानीयले हस्ताक्षर गरेर यस ठाउँमा आयुर्वेद अस्पताल बनाउन माग गरेका थिए ।

यस क्षेत्रमा २ बर्ष अघिदेखि मासिक रुपमा आर्युबेदिक स्वास्थ्य शिबिर हुदै आएको स्थानीयको भनाई छ ।

निर्माण ब्यवसायी प्रकाश केसीका अनुसार २२ महिनाभित्रमा काम सम्पन्न गर्ने गरी निर्माण सम्झौता भएको र निर्धारीत समयमा सम्झौता अनुसार ७५ मीटर लम्बाई र ४५ मीटर चौडाईको भवन निर्माण बताइएको छ ।

त्यसैगरी झापाको गौरादहमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीलाई नागरिक अभिनन्दन गरिएको छ ।

प्रधानमन्त्री बनेपछि दोस्रो पटक गृहजिल्ला आउनुभएका ओलीलाई नेपाल कम्युनिष्ट पार्टी क्षेत्र नं ५ ले आयोजना गरेको कार्यक्रममा गौरादह नगरपालिका र स्थानीय सङ्घसंस्थाद्वारा नागरिक अभिनन्दन गरिएको हो ।

कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, सामाजिक विकासमन्त्री जीवन घिमिरे, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीश कुसियतलगायतको सहभागिता रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *