Sajhamanch Archive

कृषि उद्यममा रमाउँदै करोडपति

Published: in मिडियाबाट साभार by .

बजार नजिक चलनचल्तीको मुल्यमा करोडौँ रुपैयाँ पर्ने नौ कट्टा जमिन र घर भएका हेटौँडा ११ नवलपुरका मधुसुदन अर्याल राम्रो लगानी गरेर अन्य उद्योग व्यवसाय गर्न पनि सक्थे ।

अझ आफ्नो जग्गा भडामै लगाएर पनि मनग्य आम्दानी लिन सक्थे, तर उनले आफ्नै नङ्ग्रा खियाएर खेती किसानी गर्नेबाहेक अरु सोचेनन् ।

पुर्वपश्चिम राजमार्ग नजिकै रहेको जग्गामा तरकारी खेती गरेर उनी बर्सेनि लाखौँको आम्दानी गर्दै आएका छन् ।

सहर बजारमा छिमेकीहरु उद्योग व्यवसाय गर्छन् । नसक्नेहरु नोकरीमा व्यस्त छन् ।, यतिका जमिन भएर पति खेती किसन गरेर बसेको भन्दै कुरा काट्नेहरु पनि कम थिएनन् । तर, उनी २०४६ सालदेखि निरन्तर तरकारी खेतीमै व्यस्त छन् ।

कारोबार दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *