Sajhamanch Archive

आठ छोरासहित अपराधिक गिरोह गर्न ‘मम्मी’ पक्राउ

Published: (Updated: ) in समाज by .

गडमदर, जो दिल्लीको संगम बिहार गल्ली बस्थिन्। खास नाम बसरिन भए पनि उनी त्यो क्षेत्रमा गडमदरका नामले चर्चित छ।

गत आइतबार बिहान जब पत्रिका अायो तब पत्रिकाको पहिलो पृष्ठमा छापिएको समाचार देखेपछि ६२ वर्षीया ‘मम्मी’ बसरिन गिरफ्तार भएको थाहा पाए।

त्यो क्षेत्रमा मानिसले उनलाई गडमदरका रुपमा चिन्ने गरेका थिए।  त्यस क्षेत्रमा उनको दबदबा थियो। उनको बारेमा त्यहाँका कोही केसैले केही बोल्न सक्दैन थिए। उनको पहिलो ‘धन्दा’ थियो पैसा उठाएर पानीको सप्लाई गर्नु।

उनका ११ सन्तानमध्ये अाठ छोरा उनकै ग्याङमा सामेल थिए। ती महिलाले आठ छोरासहितको एक अपराधिक संगठन खडा गरेकी थिइन्।

उनले अपराधिक गिरोह खडा गर्नकै लागि त्यतिका संख्यामा सन्तान जन्माएकी बताइएको छ।

गडफादर त धेरै हुन्छन् तर गड मदर कहिले काहीँ मात्रै पैदा हुन्छन् भन्दै बिबिसी हिन्दीले लेखेको छ।

११ सन्तानकी ती महिलाले एक यस्तो फौज तयार परिन्, ती सबैलाई थरीथरीको अपराधमा संलग्न गराइन् । 

संगम बिहारको १२ नम्बरमा बस्ने त्यो परिवारलाई चिन्ने धेरै मानिस थिए। तर उनीहरुबारे कोही बोल्न भने चाहँदैन थिए।   उनको दबदबाका कारण त्यो क्षेत्रमा मानिसहरु सबै चुपचाप थिए।

कसैले बोलेमा त्यस क्षेत्रका मानिसले पानी समेत खान पाउँदैन थिए। किनकि, उनको घरबाहिर पानीको बोरिङ थियो।

आफ्नोबारे बोलेमा पानीको बोरिङ बन्द गर्ने गर्थिन्। उनका आठ छोरा वकील, शकील, शमीम, सन्नी, सलमान, फैजल, राहुल र शोयब उनको अपराधमा सघाउने काम गर्थे।

अपराध कार्य गर्दा एउटा छोरा जेल गए उनी अर्को छोरालाई धन्दामा लगाउने गर्थिन्। जसका कारण जेल परेका छोरालाई छुटाउन सकियोस्।

ती महिलाले राजस्थानका धौलपुरका मलखान सिंहसँग ४५ वर्ष पहिला विवाह गरेकी थिइन्।

बसरिनका श्रीमान बिजुलीको काम गर्ने मलखानको परिवार सन् १९९१ मा दिल्लीको संगम बिहारमा बसाइँ सरेको थियो।

सन् १९९७ मा मलखानको दुर्घटनमा घाइते भई काम छाडेपछि ११ सन्तान र श्रीमानको पालनपोषणको जिम्मेवारी बसरिनको काँधमा आएको थियो।

परिवारको सबै जिम्मेवारी बसरिनको काँधमा आएपछि उनले यस्तो धन्दा  सुरु गरेको उनका श्रीमानको भनाइ छ।

बसरिनकी जेठी छाेरी  अहिले ती महिलासहित उनका आठ छोराविरुद्ध हत्या, अपहरण, असुली लगायतका ११३ मुद्दा दर्ता भएको छ।

मुद्दाको अनुसन्धानमा संलग्न प्रहरी अधिकारी जितेन्द्र मलिकले यो कुराको पुष्टि गरेका छन्। उनीहरुमध्ये सबैभन्दा धेरै मुद्दा भने समिमविरुद्ध छ।

उनीविरुद्ध ४२ वटा दर्ता भएको छ। बसरिनविरुद्ध नाै मुद्दा दर्ता गरेको छ।

त्यस्तै शकिल, वकील, फैजल र सन्नी विरुद्ध क्रमश: १५, १३ र नौ/नौ मुद्दा दर्ता छन्। उनीहरुविरुद्ध व्यक्ति हत्या अपरहणलगायतका मुद्दा रहेको प्रहरी अधिकारी मलिकले जानकारी दिए।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *