Sajhamanch Archive

एकल पुरुषलाई पनि भत्ता

Published: in स्थानीय तह by .

बैतडी । बैतडीमा मेलौली नगरपालिकाले विधुर ९एकल पुरुष० लाई पनि मासिक भत्ता दिने भएको छ ।

सामाजिक सुरक्षा भत्ताअन्तर्गत मेलौली नगरपालिकाले ६० वर्षमाथिका विधुरहरुलाई मासिक एक हजारका दरले भत्ता दिने निर्णय गरेको हो ।

नगरपालिकाभित्र केही त्यस्ता असहाय पुरुषहरु पनि रहेकोले उनीहरुलाई बाच्न सहज होस् भनेर आफूहरुले भत्ता दिने निर्णय गरेको उप–मेयर राधा ओझाले बताउनुभयो ।

उनीहरुको मासिक भत्ताका लागि नगरपालिकाबाट अहिले १५ लाख रुपैयाँ छुट्याइएको नगर प्रमुख कृष्णसिंह नायकले जानकारी दिनुभयो ।

अहिले नगरका ९ वटै वडाका विधुरहरुको तथ्यांक संकलनको काम सुरु गरिएको उहाँले बताउनुभयो । यसमा १५ लाख बजेट छुट्याइएको बताउदै उहाँले समाजिक सुरक्षा भत्ता वितरणकै क्रममा एकल पुरुषहरुको तोकेर दिइने बताउनुभयो ।

एकल पुरुषलाई मासिक भत्ता वितरण गर्ने सम्भवतः यो नगरपालिका नेपालकै पहिलो बनेको छ । यसअघि नगरपालिकाले एचआईभी संक्रमित, हेमटाइटिस, क्यान्सर जस्ता रोगका बिरामीको प्रकृति हेरेर उपचार खर्चसमेत वितरण गरेको थियो ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *