Sajhamanch Archive

वैदेशिक रोजगारीमा जाने घटे रेमिट्यान्स भने बढ्यो

Published: (Updated: ) in अर्थतन्त्र by .

काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटे पनि कामदारले विदेशबाट पठाउने रकम विप्रेषण अर्थात रेमिट्यान्स आप्रवाह भने बढेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७४र०७५ को वार्षिक तथ्याँकअनुसार गएको आर्थिक वर्षमा रेमिट्यान्स रकम ८ दशमलव ६ प्रतिशतले बढेको छ । कामदारको तलब तथा अमेरिकी डलरको भाउ बढेकाले रेमिट्यान्स रकम बढेको हो ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याँकमा गएको आर्थिक वर्षमा रेमिट्यान्स रकम ८ दशमलव ६ प्रतिशतले बढेर सात खर्ब ५५ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा रेमिट्यान्स ४ दशमलव ६ प्रतिशतले बढेको थियो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा रेमिट्यान्स बढे पनि कुल ग्राहस्थ उत्पादनसँग रेमिट्यान्स आप्रवाहको अनुपात भने घटेको छ ।

अघिल्लो वर्ष यस्तो अनुपात २६ दशमलव ३ प्रतिशत रहेकोमा गएको आर्थिक वर्षमा २५ दशमलव १ प्रतिशत मात्र छ ।

धेरै रेमिट्यान्स मलेसियाबाट भित्रियो
सबैभन्दा धेरै रेमिट्यान्स खाडीका ६ देशबाट भित्रिएको छ । सरकारले नेपाली कामदार मलेसिया पठाउन रोक लगाएको छ ।

तर राष्ट्र बैंकको तथ्याङ्कमा भने सबैभन्दा धेरै रेमिट्यान्स मलेसियाबाटै भित्रिएको उल्लेख छ ।

कुल रेमिट्यान्सको २९ प्रतिशत हिस्सा मलेसियाको रहेको छ भने दोस्रोमा कतार छ ।

कतारबाट २८ दशमलव ८, युएईबाट १६ दशमलब ८, साउदीबाट ११ दशमलब ४, कुवेतबाट ४ दशमलब ९, बहराइनबाट १ दबमलब ४ र दक्षिण कोरियाबाट १ दशमलब ३ प्रतिशत रेमिट्यान्स अघिल्लो आर्थिक वर्षमा नेपाल भित्रिएको छ ।

कामका लागि विदेशिने घटे
पछिल्ला वर्षहरुमा देशको आर्थिक अवस्थामा सुधार आएको र युवाहरुले देशभित्रै केही काम गर्न थालेपछि विदेश जानेको संख्या घट्न थालेको छ ।

राष्ट्र बैंकको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था प्रतिवेदनले अघिल्लो आर्थिक वर्षको तुलनामा गएको आर्थिक वर्षमा विदेश जानेको संख्या घटेको देखाएको हो । प्रतिवेदनअनुसार विदेश जाने कामदारको संख्या १० दशमलव १ प्रतिशतले घटेको छ ।

आर्थिक वर्ष २०७३र०७४ मा नेपालबाट तीन लाख ९८ हजार ९७८ जना नयाँ कामदार रोजगारीका लागि विदेश गएकोमा ०७४र७५ मा तीन लाख ५८ हजार ८१५ जना कामका लागि लागि विदेश गएका छन् ।

यस्तै पुनस् श्रम स्वीकृति लिएर विदेश जानेको संख्या पनि अघिल्लो वर्षको तुलनामा गएको आर्थिक वर्षमा घटेको छ । आर्थिक वर्ष २०७३र०७४ मा पुनस् श्रम स्वीकृति लिएर २ लाख ६० हजार २ सय ५२ जना विदेश गएकोमा ०७४र७५ मा २ लाख ५८ हजार ६ सय २ जना विदेशमा काम गर्न गएका छन् ।

प्रतिवेदन अनुसार मलेसिया, संयुक्त अरब इमिरेट्स, कुवेत लगायतका देशमा जाने कामदारको संख्या बढेको छ भने कतार, साउदी लगायत देशमा जाने कामदारको संख्या घटेको छ ।

रेमिट्यान्स घटबढ हुँदा अर्थतन्त्रमा पर्ने असर
विदेशमा काम गर्नेले पठाएको रकम अर्थात रेमिट्यान्सले नै देशको अर्थतन्त्र धानेको छ । रेमिट्यान्सबाट अर्थतन्त्र चलाउने देशको सूचीमा नेपाल विश्वमै अगाडि पर्छ ।

रेमिट्यान्सको आम्दानीबाट देशको समग्र अर्थतन्त्र तथा परिवारको आर्थिक विकासमा पनि टेवा पुगेको छ । अहिले विदेशी कामदार घटे पनि रेमिट्यान्स बढ्दा यसले बहुआयामिक असर पार्ने अर्थविद् डा। डिल्लीराज खनालले बताउनुभयो । उहाँका अनुसार यसको असर दैनिक उपभोग्य वस्तु, शिक्षा, स्वास्थ्यदेखि वैदेशिक लगानीमा पनि पर्न सक्छ ।

रेमिट्यान्स बढे पनि कूल ग्राहस्थ उत्पादनमा यसको योगदान घट्दै गएकाले अब आन्तरिक अर्थतन्त्रलाई नै सुधार गर्नुपर्ने उहाँको भनाई छ । ‘आयात घटाउने र निर्यात बढाउनेतर्फ लाग्नुपर्छ’ उहाँले भन्नुभयो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *