Sajhamanch Archive

भद्रपुरमा महिला हिंसा विरुद्ध सचेतना

Published: in राष्ट्रिय समाचार by .

विर्तामोड । झापाको भद्रपुर १० स्थित अनेरास्ववियु भद्रपुर नगर कमिटी झापाले महिला हिंसा बिरुद्ध सचेतनता तथा प्रशिक्षक कार्यक्रम आज सम्पन्न गरेको छ ।

त्यस्तै उपप्रमुख श्रेष्ठले लैङ्गकि हिंसा र महिला अधिकारको बारेमा विद्यार्थीहरुलाई जानकारी गराएकी थिइन्। सोही अवसरमा प्रशिक्षक प्रहरी निरीक्षक जवेगुले महिलाहरुमा हुने हिंसा रोक्न प्रहरीको भुमिका र हाल संसोधित मुलुकी ऐन को महिला हिंसा जस्तो जघनिय अपराध गर्नेलाई दण्ड सजायको बारेमा प्रष्ट पारेका थिए।

कार्यक्रमा अनेरास्ववियु केन्द्रिय सदस्य निता घतानीले महिला हिसा गर्नेलाई कडा भन्दा कडा कारबाही गर्न आवश्यक भएको औल्याएका थिए ।

बिलक्षण गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा भद्रपुर नगरपालिकाकी उपप्रमुख उपमेयर चन्द्रामाया श्रेष्ठ साथै भद्रपुरका प्रहरी निरिक्षक प्रकाश जवेगुको प्रशिक्षणमा भएको कार्यक्रको संचालन सरोज ढकालले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *