Sajhamanch Archive

प्रधानमन्त्री ओली निर्वाचन आयोग जाँदै

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोग जाने भएका छन् ।

निर्वाचनको तयारी नेकपाभित्रको विवादलगायत विषयमा छलफल गर्न ओली आयोग जान लागेका हुन् । बिहान ११ बजे ओली आयोग जाने तयारी भएको उनको सचिवालय स्रोतले बताएको छ ।

आयोगले यसअघि अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डलाई ५/५ जना नेतासहित छलफलका लागि बोलाएको थियो । यसअघि पार्टीको आधिकारिकता दाबी गर्न नेकपाका पुष्पकमल दाहाल र माधव नेपाल, झलनाथ खनाल, स्थायी कमिटीका नेताहरू आयोग पुगेका थिए । उनीहरुले राजनीति दल सम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिकता दाबी गरेका छन् ।

सरकारले पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दै आगामी वैशाख १७ र २७ गते निर्वाचन मिति घोषणा गरिसकेको छ । प्रतिनिधिसभा विघटनको विषयलाई लिएर नेकपा विभाजित भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *