Sajhamanch Archive

कमल गाउँपालिकामा पुरुषहरुलाई यसरी खुवाए दिदी बहिनीले दर

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

कमल । झापाको कमल गाउपालिका ४ स्थित सिद्धार्थ हरिकीर्तन मण्डली महिला समुहको आयोजनामा शनिबार जनै पुर्णिमा विशेष दरखाने कार्यक्रम २०७५ सम्पन्न भएको छ ।

तीजमा दिदी बहिनीलाई दाजु भाईले दर खुवाउने प्रचलन भएपनि जनै पुर्णिमाको अवसरमा दाजु भाई जम्मा गरेर दिदी बहिनीले दर खुवाउन थालेको पहिलो भएको आयोजकले जनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथी कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले यस्ता खालका कार्यक्रमले संस्कतिको जगेर्ना गर्नुका साथै हामी बीच मित्रता कायम गर्न सहयोग पुग्ने बताईन् ।

यसैगरी समाजसेवी बद्री राईल अघिल्लो पुस्ताका दिदी बहिनीहरुले भेला भएर दुःख सुखका कुरा गर्थे । अहिले हाम्रो समाज भने दिदी बहिनीहरु भेला भएर समाजमा भएका गलत प्रवृतिलाई निरुत्साहित गर्दै समाज संस्कृतिका गर्जेनाका साथै समाज परिवर्तनका लागि टेवा पु¥याउने काम गरेको बताए ।

कार्यक्रममा सिद्धार्थ हरिकीर्तन मण्डलीमा आवद्ध ज्येष्ठ सदस्य लगायत सम्पुर्ण पुरुष सदस्यलाई जम्मा पारेर दर खुवाएको सदस्य निर्मला खनालले जानकारी दिईन् । कार्यक्रम गंगादेवी पौडेलको अध्यक्षतामा भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *