Sajhamanch Archive

वीरता जेसीजद्वारा इनरह्वीललाई ह्वीलचियर

Published: in समाज by .

बिर्तामोड । वीरता जेसीजले इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनलाई ह्वीलचियर प्रदान गरेको छ ।

मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने जेसीजको आस्था अनुसार आफूले पुरस्कारको रुपमा पाएको रकमले ह्वीलचियर खरिद गरी प्रदान गरेको पूर्व अध्यक्ष शिवाकोटीले बताए ।

वीरता जेसीजका पूर्व अध्यक्ष शिवाकोटी , अध्यक्ष राजीव धिमाल, निवर्तमान अध्यक्ष मिजाश पोखरेल , अन्तर शाखा समन्वय संयोजक जीवन खड्कालगायतले इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट रेनु वंशल, सेक्रेटरी सम्झना भण्डारीलाई उक्त ह्वीलचियर हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा वीरता जेसीजका २०७५ का उत्कृष्ट नागरिक पूर्णप्रसाद चुडाल, रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका क्लव सर्भिस कोअर्डिनेटर सुजित वंशललगायतको सहभागिता रहेको वीरता जेसीजका महासचिव लोकचन्द्र श्रेष्ठ ९एलसी० ले जानकारी दिए ।
यसैबीच इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनले बौद्धिक अपाङ्गता भएकी पूर्णिमा गुरुङलाई ह्वीलचियर प्रदान गरेको छ ।

वीरता जेसीजका पूर्व अध्यक्ष सजेश शिवाकोटीले प्रदान गरेको ह्वीलचियर इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनले बौद्धिक अपाङ्गता भएकी गुरुङलाई हस्तान्तरण गरेको हो ।
कनकाई –१ जामुनवारीस्थित सुस्त मनस्थिति सरोकार समाज नेपालको बालआवास गृहमा रहेकी बौद्धिक अपाङ्गता भएकी गुरुङलाई इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट रेनु बंशल, एडीडर जुनु विमली उप्रेती , वोर्ड मेम्वर लुना वस्नेत ,रेनु गोयल, वर्षा राजभण्डारीलगायतले ह्वीलचियर प्रदान गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *