Sajhamanch Archive

झापा गाउँपालिका अध्यक्ष कप फूटबल प्रतियोगिता ११ गतेदेखि सुरु हुने

Published: in खेलकुद by .

मदरगाछ ।आउँदो फागुन ११ गते देखि झापा गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु हुने भएको छ । विहीबार पत्रकार सम्मेलन गरि प्रतियोगिताको जानकारी दिइएको हो।

दिपज्योती युवा क्लब झापा गाउँपालिका–७ को आयोजनामा श्री जनकल्याण माध्यमिक विध्यालयको खेल मैदानमा फागुन ११ देखि १८ गतेसम्म उक्त प्रतियोगिता हुने भएको क्लबका अध्यक्ष डिल्लीराम चुडालले बताए ।। उनका अनुसार झापा गाउँपालिकाको समेत ३ लाख ५० हजार आर्थिक सहयोग सहित सञ्चालन हुने खेलमा १ नं प्रदेशका ७ टिमले भाग लिएका छन भने एक टिम आयोजकको रहेको छ ।

प्रतियोगितामा विजेता टिमलाई १ लाख १ हजार १११ र उपबिजेता हुने टिमलाई ५१ हजार १११ साथमा ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक नेत्रप्रसाद सिटौलाले जानकारी दिए । प्रतियोगितामा बेस्ट डिफेन्स,बेस्ट किपर,बेस्ट प्लेयर,उदयीमान खेलाडी र हाई स्कोररले समेत नगद सहित मेडल पाउने भएका छन।

प्रतियोगितामा आयोजक टिम, श्रीनाथ गण चारआली, जलथल एफसी, दमक एकेडेमी, रेडस्टार बिर्तामोड, सशस्त्र प्रहरी बल सुनसरी, झापा एफ सि राजगढ र ब्रदर्स युनाइटेड चन्द्रगढी गरे जम्मा ८ टिमको सहभागिता रहेको क्लबका सचिव वासुदेब दाहालले जानकारी दिए ।

झापा गाउँपालिका–७ का वडाध्यक्ष नेत्रप्रसाद उप्रेतीले आयोजना सम्पन्न गर्न आफू हरदम तयार रहने प्रतिबद्धता जनाएका छन् । उनले दिपज्योती क्लबको अगुवाइमा आयोजना हुन लागेको फुटबल प्रतियोगिता सफलता पुर्वक सम्पन्न हुनेमा आफू विश्वस्त रहेको जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *