Sajhamanch Archive

कञ्चनजंघा टोलमा पुनः मनबहादुर

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

बिर्तामोड । बिर्तामोड–५ स्थित कञ्चनजंघा टोल सुधार समितिको अध्यक्षमा पुनः मनबहादुर पाहिम चयन भएका छन् ।
शनिबार देवी माविको साइन्स ब्लकमा सम्पन्न प्रथम साधारणसभा तथा अधिवेशनबाट पाहिमलाई दोस्रो कार्यकालका लागि पनि अध्यक्षको जिम्मेवारी दिइएको हो ।

२ वर्षे कार्यकालका लागि पाहिमको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षद्वयमा धनराज योङहाङ र दुर्गादेवी थापा चयन भए । सचिबमा लक्ष्मी बास्कोटा, सहसचिबमा सन्तोष गुरुङ र कोषाध्यक्षमा योगप्रसाद भट्टराई ‘सुनिल’ छन् ।

समितिको सदस्यमा शिवलाल खतिवडा, फिपध्वज तामाङ, विमला भण्डारी, टिका गड्तौला र शैलेन्द्र उप्रेती छन् ।
समितिका अध्यक्ष पाहिमको अध्यक्षता तथा बिर्तामोड–५ का वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभा तथा अधिवेशनमा दिनेश आचार्य, मोहनप्रसाद ओली र शंकरराज ढुंगेलले शुभकामना मन्तव्य राखेका थिए । समितिकी उपाध्यक्ष दुर्गादेवी थापाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिब लक्ष्मी बास्कोटाले गरेका थिए ।

कञ्चनजंघा टोल सुधार समितिमा बिर्तामोड–५ का २ सय घर आवद्ध छन् । कृषिथोक उत्तर, खानेपानी ट्यांकी दक्षिण, कन्काई रोड पश्चिम र हिकोला रोड पूर्व यो समितिको क्षेत्र रहेको सचिब बास्कोटाले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *