Sajhamanch Archive

नेपाल भारत मैत्री संघमा रेग्मीको अध्यक्षतामा नयाँ कार्य समिति चयन

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

भद्रपुर । नेपाल भारत मैत्री संघको पाँचौं मैत्री सभाले प्रदिपमणि रेग्मीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

शनिवार भद्रपुरमा भएको पाँचौं मैत्री सभाले २१ सदस्यीय जिल्ला कार्य समिति र १४ जनालाई केन्द्रीय सभा सदस्य पदमा निर्वाचित र मनोनित गरेको हो ।

जिल्ला कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा विश्वनाथ श्रेष्ठ, उपाध्यक्षमा यमबहादुर श्रेष्ठ, सचिवमा गणेश पोखरेल, कोषाध्यक्षमा सुष्मा सिन्हा मल्लिकलाई मनोनित गरेको छ । सभाले जिल्ला कार्य समितिको सदस्यहरुमा रुद्र भूर्तेल, रञ्जना शर्मा, शर्मिला अधिकारी र सूर्यप्रसाद सिटौलालाई मनोनित गरेको छ ।

सभाले जिल्ला कार्यसमितिको सदस्यहरुमा पदमप्रसाद पोखरेल, कृष्णप्रसाद दाहाल, सुभद्रा सुवेदी, शाहीद हुसैन, निरज पोखरेल, शिला खड्का, राजेश्वर आचार्य, शुभाष रत्न शाक्य, नथुनी प्रसाद साह, प्रदिपकुमार सरावगी, रामुसिंह, अभिशेक ढुङ्गानालाई सर्वसम्मत निर्वाचित गरेको हो ।

मैत्रीसभाले केन्द्रीय सभा सदस्य पदमा भारतेन्दुकुमार मल्लिक, चण्डीप्रसाद पराजुली, ओमप्रकाश सरावगी, राजकुमार पोखरेल, निरज पराजुली, राजदेव साह, पारसनाथ यादव, पवन श्रेष्ठ, लोकनाथ भट्टराई, चन्द्रमणि पौडेल र राधा कार्की रहेका छन् । त्यसैगरी, सभाले रुद्र भूर्तेल, कौशलराज रेग्मी र इन्द्रकान्त झालाई केन्द्रीय सभा प्रतिनिधिमा मनोनित गरेको संघको झापा अध्यक्ष तथा केन्द्रीय सदस्य हुलासचन्द्र सरियाले बताए ।

मैत्रीसभाले भद्रपुरबाट प्रदेशसभाको सदस्य पदमा निर्वाचित ओमप्रकाश सरावगी, भद्रपुर नगरपालिकाको नगरप्रमुख पदमा निर्वाचित जीवनकुमार श्रेष्ठ र भद्रपुर नगर पालिकाको उपप्रमुख पदमा निर्वाचित अधिवक्तता चन्द्रमाया श्रेष्ठलाई सम्मान गरेको छ ।

पाँचौं मैत्रीसभाको अध्यक्षता जिल्ला अध्यक्ष हुलासचन्द्र सरियाले गर्नु भएको थियो भने सञ्चालन सचिव रुद्र भूर्तेलले गर्नु भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *