Sajhamanch Archive

बुधबारे जेसीजद्वारा सचेतना कार्यक्रम, प्रणय दिवसमा सवारी चालकलाई गुलाफ प्रदान

Published: (Updated: ) in शिक्षा, समाज by .

बुधबारे । बुधबारे जेसीजले प्रणय दिवसको अवसर पारेर ट्राफिक प्रहरी, प्रहरी र सवारी चालकलाई प्रेमको प्रतिक गुलाफ (रोज) प्रदान गर्दै सवारी साधनमा ट्राफिक सचेतना मुलक स्टिगर टाँसेको छ ।

आइतबार बुधबारे जेसीजले मेची राजमार्ग अन्तर्गत बुद्धशान्तिको बुधबारे चोकमा एक कार्यक्रमको आयोजना गरी पूर्वी पहाडी जिल्ला तथा स्थानीय रुटमा सञ्चालन हुने एक सय बढी सवारी साधनमा ‘छिटो होइन सुरक्षित तबरले गन्तव्यमा पुग्नुछ किनकी जीवन अनमोल छ’, ‘म सवारी चालक १ मेरो भरोसामा मेरो परिवार अनि यात्रीहरु’ लेखिएको सचेतना मूलक स्टिगर टाँसिएको हो । स्टिगर टाँस्दै सवारी चालकहरुलाई प्रेमको प्रतिक रोज दिइएको हो ।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक प्रकाश जबेगुले बुधबारे जेसीजले आयोजना गरेको कार्यक्रम प्रभावकारी भएको बताउँदै झापामा बर्ष २०२१ मा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापासँग सहकार्य गरेको जेसीजको पहिलो कार्यक्रम भएको बताए। उनले सवारी दुर्घटना न्यूनिकरणमा यो प्रयास सिम्बोलिक भएपनि महत्वपूर्ण भएको जानकारी दिए । बुधबारे जेसीजसँग आगामी दिनमा पनि सहकार्य गरेर अगाडि बढ्न चाहेको उनको भनाई थियो ।

बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेको सभापतित्व तथा आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो भने सञ्चालन महासचिव सुजित बरालले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *