Sajhamanch Archive

ओलीको कदम व्यवस्था विरोधी भएको सिटौलाको आरोप

Published: (Updated: ) in राजनीति by .

भद्रपुर । नेपाली काँग्रेसका नेता तथा पूर्व उप्रधान एवम् गृहमन्त्री कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री केपी शर्मा ओलीले आत्मआलोचना गरेर वर्तमान व्यवस्था विरोधी कार्य सच्याउन चेतावनी दिएका छन् ।

नेपाली काँग्रेस झापाले आयोजना गरेको प्रधानमन्त्री ओलीको कदम बिरूद्धको विरोध सभालाई चन्द्रगढीमा सम्बोधन गर्दै नेता सिटौलाले संविधानले संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नदिएको प्रष्ट्याउँदै स्थीर संसद विघटन गर्ने ओलीको कदम वर्तमान संविधानको मूल उपलब्धी संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता जस्ता प्रगतिशील राजनीतिक कार्य बिरूको कदम भएकोले आत्मालोचना गरेर सच्चिन चेतावनी दिएका हुन् ।

तीन वर्षे अवधिमा देश र जनताका पक्षमा काम गर्न नसकेको ओली सरकार आफ्ना आसेपासे कम्युनिस्ट पार्टीका लागि मात्र चर्तिकला भएको बताउँदै संविधान मस्यौदा समितिका सभापति समेत रहेका सिटौलाले राजा महाराजाको अपूर्व अधिकार खोज्ने ओली तानाशाह बन्ने प्रयासमा रहेकोले खवरदारी जरूरी भएको प्रष्ट पारे ।

नेपाली काँग्रेसका प्रभावशाली नेता समेत रहेका सिटौलाले समृद्ध नेपाल सुखी नेपाली उखान र भाषणले नहुने भन्दै प्रदेश १ कै गौरवशाली आयोजनाका रूपमा रहेको गिरिजाप्रसाद कोइराला स्मृति भवनको निर्माण अलपत्र देखाउँदै भने राजनीतिक अस्थिरता निम्तनेगरी संसद विघटन गरेर गणतन्त्रका लागि ज्यान बलिदान गर्ने सहिदको रगतमा समेत ओलीले हिलो छेपेको आरोप लगाएका छन् ।

तीन वर्षे कार्यकालमा देश र जनताको उन्नति हुने काम गर्न नसकेका ओलीले नेकपाको नेता समेत हुन नसकेर आफ्नो रीस संसदमाथि पोखेको आरोप लगाउँदै सिटौलाले प्रधानमन्त्रीको आवरणमा वर्तमान संविधान ध्वस्त पार्ने खेल हुन संक्ने आशंका गरे । उनले संविधानको मूल र्ममको रक्षा गर्ने जिम्मेवारी अदालतमा रहेकोले कसैको दवाव, प्रभाव र सेटिङ्गमा न्यायाधिस लाग्नु नहुने भन्दै न्यायलयको गरिमा बचाउन अपित समेत गरेका छन् ।

झापा काँग्रेस सभापति उद्धव थापाको सभापतित्वमा सम्पन्न सभामा पूर्व संसाद तथा संविधान सभाका सदस्य शुधिर शिवाकोटी लगायतले मन्तव्य राख्दै कम्युनिस्ट नारामा मात्र सर्वहाराका प्रतिनिधि भएको भन्दै सर्वहाराको उन्नतिमा कुनै काम नगरेको आरोप लगाएका थिए । क्षेत्रीय सभापति गणेश पोखरेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन जिल्ला सचिव प्रेम संकाहाम्फेले गरेका थिए भने सभामा जिल्लाभरका हजारौं काँग्रेस कार्यकर्ताको उपस्थिति रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *