Sajhamanch Archive

नेकपाका क्षेत्रीय तथा प्रदेश क्षेत्रीय कमिटीमा मनोनित सदस्यलाई सपथ ग्रहण

Published: (Updated: ) in राजनीति by .

कमल । नेपाल कम्युनिष्ट पार्टी नेकपा झापा क्षेत्र नम्बर ५ को अगुवा कार्यकर्ता भेला कमल गाउँपालिकामा सम्पन्न भएको छ । कार्यक्रममा मनोनित क्षेत्रीय कमिटी, प्रदेश क्षेत्रीय कमिटी तथा अखिल नेपाल महिला संघ क्षेत्रीय कमिटीमा मनोनित सदस्यलाई नेकपा प्रदेश १ का अध्यक्ष देवराज घिमिरेले सपथग्रहण गराएका छन् ।

विधानले दिएको अधिकार प्रयोग गर्दै झापा क्षेत्र नम्वर ५ क्षेत्रीय कमिटीको संयोजक मदन अधिकारी सहसंयोजक नेत्र दाहाल सहित ८१ जनालाई मनोनित गरिएको थियो । त्यस्तै क्षेत्रीय कमिटी ५ (क) मा योगराज दाहालको संयोजकत्वमा ५१ जना र क्षेत्रीय कमिटी ५ (ख) मा वोधराज न्यौपाने संयोजकत्वमा ५१ जना तथा अखिल नेपाल महिला संघ क्षेत्रीय कमिटीमा संयोजक पछि तोक्नेगरी ३९ जना सदस्यलाई मनोनित गरिएको थियो ।

क्षेत्रीय कमिटी संयोजक मदन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा प्रदेश १ का अध्यक्ष देवराज घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई काम गर्न नदिएकै कारण अहिले ताजा जनादेशका लागी चुनाव जानुपर्ने बताए । उनले ओली नेतृत्वको नेकपा नै आधिकारिक रहेको समेत जानकारी दिए । नेकपाका केन्द्रिय सदस्य तथा १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले सरकारले जनताको जनजिविकाको रक्षाका लागि काम गरिरहेको उल्लेख गरेका थिए ।

कार्यक्रममा झापा इञ्चार्ज तथा राष्ट्रिय सभाका सदस्य देवेन्द्र दाहालले ताजा जनादेशमा जानुको बिकल्प नभएको बताए । नेकपा जिल्ला अध्यक्ष चिन्तन पाठकले फागुन ८ गते हुने जनसभामा सहभागीताका लागि अगुवा कार्यत्रर्तालाई अपिल गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *