Sajhamanch Archive

पतञ्जलीद्वारा जनै पूर्णिमा सम्वन्धी नाटक प्रस्तुत

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

कमल । जनै पूर्णिमाको अवसरमा कमल गाउँपालिकाको पतञ्जली योग शिविरले नाटक प्रस्तुत गरेको छ ।

शिविरमा धर्म संस्कृतिको जर्गेना र युवाहरुलाई संस्कृति प्रतिको महत्व दिइने उद्देश्येले नाटक प्रस्तुत गरिएको हो ।
शिविरमा आउने सम्पूर्णलाई गुरुबाट रक्षा बन्धन बाँधिएको छ ।

कार्यक्रममा पछिल्लो समय युवाहरु विभिन्न कुलतमा फस्ने, परम्परादेखि चलिआएको धर्म संस्कृतिलाई नमान्ने गरेकाले युवाहरुलाई आफ्नो धर्म परम्परा र संस्कृतिको महत्व र त्यसको वैज्ञानिक कारण समेत रहेको कुरालाई ध्यानाकर्षण गराउने उदेश्यले लघुनाटक प्रदर्शन गरिएको पजञ्जलि योग समिति कमल गाउँपालिका अध्यक्ष कृष्णप्रसाद ओझाले जानकारी दिए ।

त्यस्तै आज मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको नाडीमा बाँधिदिने चलन छ ।

रक्षा बन्धन बाँध्ने प्रचलन सत्ययुगदेखि नै चलिआएको मानिन्छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन तथा विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक कथन रहेका पाइन्छ ।

विगतमा रक्षा बन्धन अर्थात जनैपूर्णिमाको दिन देशभर सार्वजनिक विदा दिने गरिए पनि यस वर्ष भने विदा कटौती गरिएको छ । कतिपय प्रदेश सरकारले भने आफ्नो प्रदेशमा विदा दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *