Sajhamanch Archive

महासमिति बैठकको मिति सारेर पार्टी नेतृत्व अक्षम भयो : नेता सिंह

Published: in राजनीति by .

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले महासमितिको बैठक पूर्वघोषित मितिभन्दा तीन महिना पछि सार्ने निर्णय गलत भएको बताउँदै यसबाट पार्टी नेतृत्व अक्षम छ भन्ने थप पुष्टि भएको बताएका छन् ।

कांग्रेसको केन्द्रीय समितिको शनिबारको बैठकले भदौमा हुने भनिएको महासमिति बैठक मंसिरमा गर्ने निर्णय गरेको थियो । यसअघि सभापति शेरबहादुर देउवाले नै भदौमा महासमिति बैठक गराउने घोषणा गरेका थिए ।

आइतबार स्व। मंगलादेवी सिंह को २२ औँ स्मृति दिवसको अवसमा सोभाभवतिमा आयोजित कार्यक्रममा पत्रकारहरुसँग कुरा गर्दै नेता सिंहले भने, ‘पहिला मिति तोक्ने दिने र त्यसलाई सार्दै जाने काम भयो । वर्तमान कांग्रेसको नेतृत्व सम्हालेका पार्टी सभापति लगायतका नेताहरुबाट कांग्रेसको विगतको इतिहासमा कहिल्यै नभएको कुराहरु भयो । यसलाई विशेषरुपमा नेतृत्वकै कमजोरीको रुपमा हामी लिन्छौं ।’

उनले कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले महासमिति बैठकको मिति सार्ने बहुमतको निर्णयलाई भने आफूहरुले स्वीकारेको बताए । तर, यस्ता निर्णयको जनताले मूल्यांकन गरिरहेको उनले बताए ।

उनले कांग्रेसलाई सुधार्न पार्टीभित्र ठूलै अभियान सुरु भइसकेको दाबीसमेत गरे । त्यसको प्रतिफल छिट्टै आउने पनि उनले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *