Sajhamanch Archive

न्याय माग्दा गोली हान्ने कस्तो राज्य बनाउँदै हुनुहुन्छ प्रधानमन्त्रीज्यू ?

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । पूर्वप्रधानन्त्री एवम् विपक्षी दलका नेता शेरबहादुर देउवाले न्याय माग्दा निर्दोष र निहत्था नागरिकको गोली हानी हत्या गरिएको भन्दै निन्दा गरेका छन् ।

व्यवस्थापिका संसद्को आइतबारको बैठकमा बोल्दै कांग्रेस सभापतिसमेत रहेका देउवाले राज्यले नै अपराधीको संरक्षण गरेकाले जनता आन्दोलित हुनुपरेको र सरकारले दमन गरेको बताएका हुन् ।

“राज्यले नै अपराधीको संरक्षण गरेपछि जनताले न्याय माग्नु, प्रदर्शन गर्नु स्वभाविकै हो,” उनले भने, “न्याय माग्दा गोली हानेर कस्तो राज्य बनाउँदैहुनुहुन्छ प्रधानमन्त्रीज्यू रु”
उनले कञ्चनपुरकी किशोरी निर्मला पन्त प्रतिनिधि पात्रमात्रै भएको बताउँदै देशैभर बलात्कारका घटनाको शृंखला बढेकोमा दुःख व्यक्त गर्दै घटनाको निन्दा गरे ।

त्यस्तै देउवाले छोरीहरूको मर्यादा, अस्मिता जोगाउन राज्य सम्वेदनशील हुनुपर्नेतर्फ ध्यानाकृृष्ट गरे ।
बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *