Sajhamanch Archive

कमल गाउँपालिकाको आयोजनामा लोक सेवाको तयारी कक्षा सुरु

Published: in समाज, स्थानीय तह by .

कमल । झापाको कमल गाउँपालिकाले नगरका युवा युवतीहरुलाई लोकसेवा परीक्षाको तयारी कक्षा सुरु गरेको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्षको युवा लक्षित कार्यक्रम अन्तरगत साईवर स्पेस इन्स्चिउट सि.एस.सि.आई एजुकेशन फाउण्डेसन दमकको सहकार्यमा ४५ दिने निःशुल्क तयारी कक्षा दिन सुरु गरेको हो ।

गत वर्ष नै लोकसेवाको तयारी कक्षा सन्चालनका लागी बजेट विनियोजन गरेपनि विद्यार्थीको माग नभएकाले सन्चालन नसकिए पनि यस वर्ष विद्यार्थीबाट माग आएकोले तयारीकक्षा सुरु गरेको कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताइन् ।

कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले आफु सरकारी जागिरमा प्रवेस गर्दाको अनुभव सुनाउँदै लगनशिल भएर अध्ययन गर्न सके सजिलै लोकसेवामा नाम निकाल्न सकिने बताए ।

लोकसेवाका लागि तयारी कक्षामा नियमित रुपमा उपस्थित हुने विद्यार्थीका लागि फाउण्डेसनतर्फबाट निशुल्क कम्प्युटर तालिम समेत प्रदान गरिने सि.एस.सि.आई एजुकेशन फाउण्डेसन दमकका संस्थापक प्रिन्सिपल राजु गौतमले जानकारी दिए ।

कार्यक्रममा कमल गाउँपाालिका वडा नम्वर ५ का वडा अध्यक्ष नरेन्द्र भट्टराईले महिला तथा वाललिका शाखाका प्रमुख रेनुका गौतम लगायत उपस्थिती रहेको थियो । तालिम कार्यक्रमको उद्घाटन सत्रलाई फाउण्डेसनका सदस्य मदन अधिकारीले सञ्चालन गरेका थिए । कार्यक्रममा फाउण्डेसनका सदस्य तिलचन्द्र अधिकारीले शाब्दिक शब्दद्वारा स्वागत गरेका थिए । तालिमका कमल गाउँपालिकाका ८० जना विद्यार्थी सहभागी रहेको गाउँपालिकाले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *