Sajhamanch Archive

अमेरिकामा सामूहिक गोली प्रहार, दुई जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, by .

काठमाडौं । अमेरिकाको फ्लोरिडामा भएको गोली प्रहारमा कम्तिमा दुई जनाको मृत्यु भएको छ ।

ज्याक्सनभिल्ला शहरको एक मनोरन्जन कम्प्लेक्समा सामूहिक गोली प्रहार भएको हो ।

कम्प्लेक्सको तल्लो भागमा रहेको एक रेस्टुरेन्टमा भइरहेको भिडियो प्रतियोगिताका क्रममा गोली चलेको बताइएको छ ।

गोली प्रहार गर्ने बाल्टिमोरका २४ वर्षीय डेभिड काट्जले आफैंमाथि पनि गोली चलाएको अधिकारीहरुले जनाएका छन् ।

घटनामा ९ जनालाई गोली लागेको बताइएको छ । प्रहरीले अहिले क्षेत्र क्षेत्रमा व्यापक सर्च अभियान चलाएको छ ।

प्रहरीले सर्वसाधारणलाई त्यस क्षेत्रमा नजानसमेत अपील गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *