Sajhamanch Archive

चेल्सी र वार्टफोर्ड लगातार तेस्रो पटक विजयी

Published: in खेलकुद, by .

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र वार्टफोर्डले लगातार तेस्रो जित हात पारेका छन् ।

गएराति भएको खेलमा उपाधि दाबेदार मानिएको चेल्सीले न्यूकासल युनइटेडलाई उसकै मैदानमा २–१ गोलले पराजित गरेको छ ।

पहिलो हाफ गोलरहीत बराबरीमा भएको खेलको दोस्रो हाफको ७६ औं मिनेटमा इडेन हेजार्डले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।

तर, ८३ औं मिनेटमा जोसेलुले गोल गर्दै न्यूकासललाई बराबरीमा ल्याए । निकै प्रतिस्पर्धात्मक खेलको ८७ औं मिनेटमा न्यूकासलले आत्मघाती गोल प्रहार गरेपछि चेल्सी २–१ ले विजयी भयो ।

त्यसैगरी गएराति नै भएको अर्को खेलमा वार्टफोर्डले क्रिस्टल प्यालेसलाई २–१ ले पराजित गर्दै प्रतियोगितामा तेस्रो जित हात पारेको छ ।

त्यस्तै नवप्रवेशी फूलह्यामले वर्नलेलाई ४–२ गोलअन्तरले पराजित गरेको छ । प्रतियोगितामा फूलह्यामको यो पहिलो जित हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *