Sajhamanch Archive

साइकल यात्रामा निस्केकी चोखेनलाई रोटरीको स्वागत

Published: in राष्ट्रिय समाचार by .

काकरभिट्टा । करिब ५ हजार किलो मिटर सम्मको एकल साइकल यात्रामा निस्केकी रोटरियन सुनिता सिंह चोखेनलाई सोमवार रोटरी क्लब अफ काकरभिट्टा र भद्रपुरले नेपालको राष्ट्रिय झण्डा दिएर स्वागत गरेको छ ।

भारत, गुजरातको सोमनाथ मन्दिरबाट काठमाण्डौंको पशुपतिनाथ मन्दिरसम्मको ५ हजार किलो मिटरको एकल साइकल यात्रामा निक्लिएकी चोखेनको “बेटी बचाँउ ,बेटी पढाऔं र बोट बिरुवा रोपौं ” मूल नारा रहेको छ ।

सोमबार बिहान नेपाल–भारतको सिमाना स्थित मेची पुलमा काकरभिट्टा क्लबका अध्यक्ष अशोक कुमार श्रेष्ठ, भद्रपुर क्लबका अध्यक्ष भेषराज ढकाल, एजी किशोर पराजुलीले सयुक्त रुपमा नेपालको राष्ट्रिय झण्डा प्रदान गर्दै स्वागत गरेका थिए । स्वागत पश्चात काकरभिट्टा उच्च माविको परिसरमा बिध्यार्थीहरुसंग साइकलयात्री चोखेनले “बेटी बचाँउ, बेटी पढाऔं र बोट बिरुवा रोपौं ” भन्ने बिषयमा अन्तरक्रिया गरेका थिए ।

काकरभिट्टाबाट ६ दिनमा काठमाण्डौं पुग्ने लक्ष्यका साथमा हिडेकी साकलयात्री चोखेनको आजको यात्रा इटहरीसम्म रहने काकरभिट्टा क्लबका सचिव सुजन प्रधानले बताए । साइकलयात्री चोखेनले यसअघि सगरमाथाको चुचुरोमा पाइला टेकिसकेकी छिन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *