Sajhamanch Archive

शिवसताक्षीमा आयोजित तेस्रो मेयर कप खेलकुद प्रतियोगिताको तयारी पुरा

Published: (Updated: ) in खेलकुद by .

शिवसताक्षी । झापाको शिवसताक्षीमा आयोजना गरिएको तेस्रो मेयरकप खेलकुद प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । शुक्रबार नगरपालिकामा पत्रकार सम्मेलन गरी आगामी १७ गते देखि सञ्चालन हुने मेयरकप खेलकुद प्रतियोगिताको सम्पूर्ण तयारी पुरा गरेको नगर खेलकुद विकास समितिले जानकारी दिएको हो ।

जसमा ८ विधाका १७ वटा खेल नगरका विभिन्न खेल मैदान तथा कवर्डहलमा हुने आयोजक शिवसताक्षी नगर खेलकुद विकास समितिले जनाएको छ । खेलकुद आयोजकले खेलको टाइसिट पनि सार्वजनिक गरेको छ । फूटबलमा १२ टिम समावेस गरिएको नगरखेलकुद विकास समितिका अध्यक्ष फूर्वा तामाङ्गले बताए । जसमा एउटा टिम शिवसताक्षी भेट्रान समेत रहने जानकारी गराइएको थियो ।

जस अनुसार फुटबल, भलिबल, क्रिकेट, बुद्धिचाल ,ब्याडमिन्टन, कबड्डी, कराँते र एथलेटिक्सका खेलहरु हुन अध्यक्ष तामाङले बताए । प्रतियोगितामा नगरका ११ वटै वडाका खेलाडीहरुको सहभागिता रहने छ ।

प्रतियोगीतामा फुटबल बिधाका बिजेताले ७५ हजार , भलिबलले ५० हजार, क्रिकेटले ५० हजार , कबड्डीले १५ हजार ,ब्याड्मिन्टन डबलले १० हजार र ब्याडमिन्टन सिङ्गलले ५ हजार नगद सहित मेडल, ट्रफी र प्रमाण पत्र पाउने नगर खेलकुद बिकास समितिका अध्यक्ष फुर्ब तामाङले बताए । खेलहरु भलिबल , शिबसताक्षी ३ स्थीत पाराबारीमा हुनेछ भने फुटबल दुधे रंगशालामा हुनेछ ,त्यसैगरी क्रिकेट झिलझिलेमा ,कराँत र कबड्डी माइधारमा, चेस दुधेमा र एथ्लेटिक्स ब्याङडाँडामा हुने नगर खेलकुद विकास समितिले जनाएको छ । मेयर कपको उद्घाटन प्रतिनिधि सभा सदस्य एलपी साँवाले गर्ने समेत बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *