Sajhamanch Archive

उपमहानगरपालिकाको आठौं नगरसभा सुरु

Published: in समाज, स्थानीय तह by .

इटहरी । इटहरी उपमहानगरको आठौं नगरसभा सुरु भएको छ । नगरसभालाई सम्वोधन गर्दै नगरप्रमुख द्वारिकलाल चौधरीले कोभिड १९का कारण पुरक वजेट ल्याउन वाध्य हुनु परेको बताएका छन् ।

उनले सातौं नगरसभाले स्वीकृत गरेको वजेट नीति तथा कार्यक्रमलाई कार्यावन्यन गर्ने क्रममा कोभिड १९ का कारण राजश्वमा परेको प्रभावले स्वीकृत योजना तथा कार्यक्रम प्रभाव परेको बताए ।

सभामा उपप्रमुख लक्ष्मी गौतमले १ अर्व ९५ करोड ४० लाखको संसोधित पूरक आय ब्यय अनुमान प्रस्तुत गरेकी थिइन् । यसैगरी सभामा उपमेयर गौतमले विनियोजन ऐन विधेयक,आर्थिक ऐन संसोधन विधेयक,विपद जोखिम न्यूनिकरण तथा ब्यवस्थापन गर्र्ने सम्वन्धमा ब्यवस्था गर्न वनेको विधेयक, इटहरी स्वास्थ्य ऐनका सम्वन्धमा वनेको विधेयक,इटहरी भू उपयोग तथा जग्गा ब्यवस्थापन गर्न वनेको विधेयक र टोल विकास संस्था संचालन तथा ब्यवस्थापन गर्न वनेको विधेयक २०७७ पेश गरिन् । चालु नगरसभामा अर्को वैठक फागुन २५ गते वस्ने छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *