Sajhamanch Archive

भारतले मान्दैन नेपालको चिकित्सा उपाधि

Published: in मिडियाबाट साभार by .

काठमाडौं । नेपालका विश्वविद्यालय, स्वास्थ्य प्रतिष्ठान एवं नेपाल मेडिकल काउन्सिलले दिने चिकित्साशास्त्र स्नातकोत्तर तहको उपाधि एमडी र एमएसलाई भारतले कानुनी मान्यता दिएको छैन।

चिकित्साशास्त्रमा स्नातकोत्तर तहका सबै विषयका उपाधिलाई भारतले मान्यता दिनुपर्ने कानुनी प्रावधान भए पनि कार्यान्वयन हुन सकेको छैन। भारतीय मेडिकल काउन्सिल ऐनको संशोधनअनुरूप नेपालका विभिन्न विश्वविद्यालय, स्वास्थ्य प्रतिष्ठान एवं नेपाल मेडिकल काउन्सिलले मान्यता दिएका उपाधिलाई पारस्परिक मान्यता दिने उललेख छ।

तर व्यवहारमा भने भारतीय मेडिकल काउन्सिलले मान्यता दिएको छैन। त्रिभुवन विश्वविश्वविद्यालयअन्तर्गत अध्यापन हुने छ वटा विषयको स्नातकोत्तर उपाधिलाई मात्र भारतले मान्यता दिएको छ। महाराजगञ्ज मेडिकल क्याम्पसका प्रमुख प्राडा प्रतापनारायण प्रासादका अनुसार भारतले नाक, कान, घाँटी, एनेस्थिया, छाला मेडिसिन रेडियोलोजी र अर्थोपेडिक्सलाई मात्र मान्यता दिएको छ।

अन्नपूर्ण पोष्टबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *