Sajhamanch Archive

प्रधानमन्त्री ओलीद्वारा कमल खोलाको पक्की पुल उद्घाटन

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by .

कमल । प्रधानमन्त्री केपी शर्मा ओलीले आज झापाको कमल गाउँपालिका वडा नम्वर २ र शिवसताक्षी नगरपालिका वडा नम्वर २ को बीच पर्ने कमल खोलामा निर्माण भएको पक्की पुलको उद्घाटन गरेका छन् ।

साविकको शिवगंज बजार हँदै धरमपुर तोपगाछीको क्याम्पा बजार र लखनपुरको मंगलवारे बजारलाई जोड्ने सडकमा पर्ने पक्की पुलको उद्घाटन गरेका हुन् ।

२०७२ साल माघ ६ गते १६ करोड ६२ लाख ६४ हजार ९ सय ७५ रुपैयामा ठेक्का सम्झौता भई २०७६ साल फागुन २३ गते निर्माण सम्पन्न भएको पुलको लम्वाई १ सय ७० दशमलव ०५ मिटर र चौडाई सहित ११ मिटर रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *