Sajhamanch Archive

म्यानचेष्टर युनाइटेडमाथि टोटनहृयामको शानदार जित

Published: in खेलकुद, by .

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहृयामले म्यानचेष्टर युनाइटेडमाथि शानदार जित हात पारेको छ ।

सोमबार राति भएको खेलमा टोटनहृयामले युनाइटेडलाई ३-० गोल अन्तरले हराएको हो । प्रशिक्षक जोजे माउरिन्होले ब्राइटनसाग व्यहोरेको हारबाट टोली बाहिर आउने अपेक्षा गरेका थिए । तर, टोटनहामले सहजै हरायो ।

ओल्ड ट्रार्फडमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो ।

तर, दोस्रो हाफमा टोटनहृयाम हावी भयो । ५० औं मिनेटमा हृयारी केनले गोल गरे । दुई मिनेटपछि नै लुकास मौराले गोल गरे । खेलको ८४ औं मिनेटमा लुकासले व्यक्तिगत दोस्रो गोल गर्दै टोटनहृयामलाई ३-० को जित दिलाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *