Sajhamanch Archive

म्यानचेष्टर युनाइटेड र चेल्सीले अंक बाँडे

Published: in खेलकुद by .

एजेन्सी । म्यानचेष्टर युनाइटेड र चेल्सीले प्रिमियर लिगमा बराबरी खेल्दै अंक बाँडेका छन् ।

आइतबार राति चेल्सीको घरेलु मैदान स्टानफोर्ड ब्रिजमा भएको खेल गोलरहित बराबरीमा सकिएको हो ।

दुवै टोलीले खेलमा गोलको अवसर पाएपनि गोल गर्न सकेनन् । बराबरीपछि युनाइटेड र चेल्सीले समान १ अंक जोडे ।

२६ खेलबाट ५० अंक जोडेको युनाइटेड लिग लिडर म्यानचेष्टर सिटीभन्दा अझै १२ अंकले पछि छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *