Sajhamanch Archive

राष्ट्रिय सभाको विषयगत समितिका सभापतिमा १० बजेदेखि मनोनयन दर्ता

Published: (Updated: ) in राजनीति by .

काठमाडौं । राष्ट्रिय सभाका चारैवटा विषयगत समितिका सभापति पदका लागि आज मनोनयन दर्ता हुँदैछ।

राष्ट्रिय सभाका सांसदहरुले सभापतिका लागि उम्मेद्वारी दिन एक जना प्रस्तावक र एक जनाको समर्थनमा संसद सचिवालयमा मनोनयन दर्ता गराउन सक्नेछन्।

दिगो विकास तथा सुशासन, विधायन व्यवस्थापन, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन र राष्ट्रिय सरोकार तथा समन्वय समितिका लागि सभापतिका लागि मनोनयन हुन लागेको हो। एक जनाको मात्रै मनोनयन दर्ता भएमा सम्वन्धित समितिको बैठकमा सभापति चयन गरिनेछ । एक जना भन्दा बढिको मनोनयन दर्ता भएमा भने क्रमैसँग निर्णयार्थ प्रस्तुत गर्ने राष्ट्रिय सभा सचिवालयले जनाएको छ।

मनोनयन दर्ताका लागि बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्मको समय तोकिएको संसद सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले जानकारी दिए। समितिका ज्येष्ठ सदस्यहरुको अध्यक्षतामा बुधबार चार वटा विषयगत समितिको बैठक बसी सभापतिको चयन गरिनेछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *