Sajhamanch Archive

शिवसताक्षी मेयर कपः ट्राइवेकरमा वडा नं. ९ लाई हराउँदै ७ विजयी

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार, स्थानीय तह by .

शिवसताक्षी । शिवसताक्षीमा आजबाट सञ्चालित मेयर कपको उद्घाटन खेल वडा नं. ७ ले जितेको छ । वडा नं. ९ लाई ट्राइबेकरमा ४– ३ गोल अन्तरले हराउँदै वडा नं. ७ विजयी भएको हो ।

निर्धारित समयमा दुवै पक्षबाट गोल बराबरी भएपछि खेल ट्राइबेकरमा धकेल्किएको थियो । पहिलो हाफ कुनै पनि गोल हुन सकेन । खेलको दोस्रो हाफमा वडा नं. ७ र ९ ले १÷१ गोल गरी खेल बराबरी भएपछि खेल ट्राइबेकरमा गएको हो ।

ट्राइबेकरमा वडा नं. ९ बाट प्रनिल माझी , प्रितम लिम्बु, शिशिर वर्देवाले १÷१ गोल गर्न सफल भए । त्यस्तै वडा नं ७ को तर्फबाट बबिहाङ्ग लिम्बु, हेमन्त तुम्बापो, सेसेहाङ्ग लिङदेन र मिराक लिम्बुले १ ÷१ गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच वडा नं. ७ मन्जिल माझी घोषित भए ।

खेलको विजेता ७५ हजार पाउने छ भने उप विजेता ४१ हजार सहित मेडल तथा प्रमाण प्राप्त गर्ने नगर खेलकुद विकास समितिले जनाएको छ ।

भोली मंगलबारको खेल वडा नं. ४ र वडा नं. ५ को खेल हुने बताइएको छ । मेयर कप खेलकुद प्रतियोगिता प्रतिनिधि सभा सांसद एलपी साँवा लिम्बु र शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार सेर्माले उद्घाटन गरेका हुन् । प्रतियोगिता शिवसताक्षी नगरपालिकाको नगर स्तरीय निर्माणाधिन रंगशाला दूधेमा सञ्चालन भइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *