Sajhamanch Archive

बलिउडमा  डेब्यू गर्ने  शाहरुखका छोरा आर्यन र श्रीदेवीकी  छोरी खुशीको

Published: (Updated: ) in टिप्स/जानकारी by .

बलिउड फिल्म उद्योगमा स्टार कलाकारका छोराछोरीलाई बलिउडमा डेब्यू गराउदै आएका निर्माता तथा निर्देशक यति बेला फेरि सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानलाई डेब्यू गराउने तयारीमा छन् ।

खबरहरुका अनुसार करण जोहर आर्यन खानका साथ अभिनेत्री श्रीदेवी तथा बोनी कपूरकी कान्छी छोरी खुशी कपूरलाई पनि डेब्यू गराउने भएकाछन ।

बोनी कपूरले छोरी खुशीलाई बलिउडमा स्थापित गराउने जिम्मा करण जोहरलाई सुम्पिएसँगै करण जोहर यति बेला खुशी कपूरलाई फिल्मका लागि ग्रुमिङको टिप्सहरु दिइरहेका छन् । तर यी सबै कुराहरुलाई गोप्य तरिकाले राखिएको छ । यति बेला करण राम्रो कथावस्तु भएको फिल्मको खोजीमा लागेका छन । शाहरुख खानका छोरा आर्यन खानका साथ जोडीको रुपमा डेब्यू गर्नु खुशीका लागि यो ड्रिम लन्च नै हुनेछ ।

अहिले करणको सल्लाह बमोजिम खुशी कपूरले अउनको लुकमा निकै परिवर्तन गरेकी छिन् । जसका कारण खुशी यसअघि भन्दा निकै ग्ल्यामरस र सुन्दर देखिएकी छिन् ।

बोनी कपूर छोरी खुशीलाई पनि जेठी छोरी जान्हवी कपूरझँ करण जोहरको ब्यानरबाट डेब्यू गराउदै बलिउडकी स्टार अभिनेत्री भएको हेर्न चाहन्छन् ।

यसअघि करण जोहरले जान्हवी कपूरलाई फिल्म ‘धडक’ बाट डेब्यू गराएका थिए । जान्हवीले करणको उक्त अवसरको सही सदुपयोग गर्दै बलिउडमा पहिलो फिल्मबाटै आफ्नो स्थान बनाउन सफल भइसकेकी छिन् ।

 एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *