Sajhamanch Archive

झापामा तीनवटा सवारी एकैठाउँमा दूर्घटनाः २ को मृत्यु, ४ घाइते

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by .

झापा । कनकाई नगरपालिका ४ स्थित पूर्वपश्चिम राजमार्गमा ट्रकले कार र मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु र ४ जना घाइते भएका छन् ।

आज दिउँसो साढे ३ बजे को १ ख १६८४ नम्बरको ट्रकले ओभरटेक गर्ने क्रममा विपरित दिशाबाट आउदै गरेको प्र १–०१–००१ च ०१६७ नम्बरको कार र प्र १–०१–०१३ प १७८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उक्त घटना भएको थियो ।

दूर्घटनामा परेर कारमा सवार सुनसरी धरान – १६ का २८ वर्षीय चालक दिपक क्षेत्री र सोलु पासाङ – १ का ३० वर्षीय दिलिप राना मगर गम्भिर घाईते भएका थिए । उनीहरुको उपचारको क्रममा साँझ ५ बजे बिर्तामोडस्थित बि एण्ड सी अस्पतालमा मृत्यु भएको हो ।

कारमा सवार दिलिप राना मगरको श्रीमती ३० वर्षीय अन्जु मगर, सोही स्थान बस्ने ३० वर्षीय सुरेश मगर र मोटरसाइकलमा सवार झापा शिवसताक्षी २ का ३९ वर्षीय ज्ञानबहादुर कसाई र मोटरसाइकल पछाडि सवार निजकै श्रीमती ३० वर्षीया सोनम श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको पनि बिर्तामोडस्थित बि एण्ड सी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ट्रक चालक मोरङ विराटनगर– १५ का प्रेमबहादुर वाईबा प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *