Sajhamanch Archive

बिर्तामोडमा एनएमसीको अभिमुखीकरण

Published: (Updated: ) in सहकारी by .

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.(एनएमसी) मा विभिन्न पदका निम्ति उत्तीर्ण हुने कर्मचारीलाई तीनदिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ ।

बिर्तामोडस्थित संस्थाको सभाहलमा सम्पन्न अभिमुखीकरणमा नवप्रवेशी कर्मचारीलाई संस्थाको बारेमा जानकारीका साथै सकारात्मक उत्प्रेरणा, प्राविधिक पक्ष आदिका बारेमा सहजीकरण गरिएको थियो ।

भदौ ९ देखि ११ गतेसम्म सञ्चालन भएको तालिममा संस्थाका सञ्चालक समितिका उपाध्यक्ष लक्ष्मीप्रसाद उप्रेती, सदस्य डम्बरबहादुर बस्नेत, लेखा विभाग प्रमुख नवीन भण्डारी, आइटी विभाग प्रमुख लीलाराज कुँवर, सामुदायिक विभाग प्रमुख पारसचन्द्र भट्टराई, मानव संसाधन विभाग प्रमुख जीवनमणि कटुवाललगायतले सहजीकरण गरेका थिए ।

पहिलो दिन उद्घाटन सत्रमा बोल्दै संस्थाका सञ्चालक समिति उपाध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले नवप्रवेशी कर्मचारीलाई स्वागत गरेका थिए । कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै सञ्चालक समिति सदस्य डम्बरबहादुर बस्नेतले कर्मचारीलाई उत्प्रेरणात्मक सहजीकरण गरेका थिए । कार्यक्रम ३२ जना नवप्रवेशी कर्मचारीको उपस्थित रहेको थियो । कर्मचारीलाई समापन समारोहमा प्रमाण पत्र वितरण गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *