Sajhamanch Archive

एउटै पासामा दुई प्रेमी !

Published: (Updated: ) in मिडियाबाट साभार by .

सिन्धुलीपाल्चोक ।  दुई प्रेमी मेलम्च नगरपालिका सिन्धुकोटको जंगलमा आत्महत्या गरेका छन् ।

जाजरकोट छेडागाडा नगरपालिका १३ कार्कीगाउँका २३ बर्षका चन्द्रसिंह ठकुरी र मेलम्ची नगर तालामाराङकी १५ बर्षीया फुलमाया तामाङ कटुसको रुखमा एउटै डोरीमा भुन्डिएको अवस्थामा आईतबार फेला परेका हुन् ।

७ महिनाअघि जाजरकोटबाट मेलम्ची नगरपालिकाको मानेभञ्ज्यामा आवास निर्माणका लागि आएका ठकुरीसहित साउन ७ गते तालामाराङ गाउँका दुइ जोडी युवायुवती एकै पटक हराएका थिए ।

हराएका युवतीध्ये फुलमाया ठकुरीसँगै झुन्डिएको अवस्थामा फेला परेकी हुन् । अर्की १५ बर्षीया युवती र युवक २५ बर्षीय अमृत रोकाय भने हराएकै दिन राति आफै घर फर्किएका थिए ।

कान्तिपुर दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *