Sajhamanch Archive

घर भत्किँदा एकै घरका पाँच जनाको मुत्यु, एक घाइते

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

सल्यान । वागचौर नगरपालिका ४ सिमाखोली सेतीेगुराँस गाउँमा एक घरको भित्ता(दिवाल) भत्किँदा एकै घरका पाँच जनाको मृत्यु भएको छ।

घरमूली ४० वर्षीय रामसिह कामी, ३५ वर्षीया रामकला कामी, छोरीहरू सात वर्षीया गंगा, ६ वर्षीया प्रमिला र छोरा चार वर्षीय रुपलालकोमुत्यू भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरिक्षक वीरेन्द्रबहादुर शाहले जानकारी दिए। घटनामा ११ वर्षीया सुनिता विक घाइते भएकी छिन्।

मंगलबार राति अविरल वर्षासँगै घरको भित्ता भत्किएपछि उनीहरू पुरिएका थिए। पुरिएको खबर घाइते सुनिताले गाउँलेलाई दिएकी थिइन्। घटना स्थलमा प्रहरी निरीक्षकको नेतृत्व प्रहरी टोली पुगिसकेको र प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल सहितको जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरुको टोली पनि घटनास्थल जाँदै गरेको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *