Sajhamanch Archive

भटाभट कुखुरा मर्न थालेपछि कमलका कुखुरा पालक कृषक हैरान

Published: (Updated: ) in समाज, by .

कमल । कृषकका खोरमा भएका कुखुरा मर्न थालेपछि यति वेला कुखुरा पालक कृषक हैरान भएका छन् । कृषकले पालेका कुखुरा दशदिन देखि भटाभट मर्न थाले पछि कृषक चिन्तामा परेका छन् । बजारमा बोईलर कुखुराको अभाव भएको छ । त्यहि बेला दुईचार हजार नाफा हुने आशामा पालिएका कुखुरा भटाभट मर्न थालेपछि आर्थिक क्षति भएका कारण कृषक हैरान भएका  हुन् ।

कमल गाउँपालिका वडा नम्वर ६ स्थित रेसु कृषि फर्ममा फालिएका कुखुरा १० दिन देखि भटाभट मर्न थालेका हुन् । कुखुरा के कारणले मरेका हुन पशुचिकित्सकले पनि बताउन नसकेको र औषधी प्रयोग गर्दा समेत कुखुरा मर्न नरोकिएको रेसु कृषि फर्मका सन्चालक ईन्द्र दाहालले बताए ।

पछिल्लो समय बोईलर कुखुराको चल्ला र मासुकालागी योग्य माउ कुखुराको अभाव छ । यसैको मौका छोपेर विभिन्न नाकाहुँदै भारतबाट ल्याएका माउँ कुखुराका कारण रोग सरेको हुन सक्ने दाहाल बताउँछन् ।

खुल्ला रुपमा कुखुरा भित्र्याएका कारण यो समस्या आएको हो । कुनकुन नाकाबाट अवैध रुपमा कुखुरा भित्रिदै छन् । त्यो आफुलाई जानकारी छ । यदि सबैको सहयोग पाएमा अबैध कुखुरा रोक्न सकिने उनको भनाई छ ।

मासुमा आत्मनिर्भर बनाउनका लागी सरकार लागी परेको बेला किसान यो अवस्था हेर्ने हो भने देश कहिले मासुमा आत्म निर्मर बन्ला ? यस्तो अवस्था बेलामा वोईलर पालक कृषकलई राहातको प्याकेज उपलब्ध भए राम्रो हुने ईन्द्र दाहाल बताउँछन् ।

३५ दिन अगाडी १ हजार ४ सय चल्ला खोरमा हालेकोमा हालसम्म सम्ममा ९ सय कुखुरा मरिसकेका छन् । दाहालको मात्र नभएर छिमेकी सुमन सिटौला र शेखर उप्रेतीको समेत कुखुरा मरेर सोत्तर भएको दाहालले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *