Sajhamanch Archive

एसिया कप छनौट: नेपाललार्इ दाेस्राे सफलता, लामिछानेकाे बलमा जतिन्दर सिंह रन अाउट

Published: in खेलकुद by .

एसीसी एसिया कप छनोट प्रतियोगितामा भइरहेकाे पहिलो खेलमा ओमानकाे दाेस्राे विकेट पतन भएकाे छ ।

२२२ रनकाे पच्छ्याउने क्रममा अाेमन ब्याटिङ २१अाैं अाेभरकाे अन्तिम बलमा स्पिनर सन्दीप लामिछानेले जतिन्दर सिंहकाे विकेट लिएका हुन् ।

६७ बलमा ३० रन बनाएका सिंहलार्इ लामिछानेकाे बलमा राेहित पाैडेलले रन अाउट गराएका हुन् ।

यसअघि टस हारेर ब्याटिङ गरेकाे नेपालले निर्धारित ५० अाेभरमा ९ विकेट गुमाउँदै २२१ रन बनाएकाे थियाे ।

यतिबेला २६ अाेभरकाे खेल सकिंदा अाेमन २ विकेटकाे क्षतिमा ८३ रन बनाएर खेलिरहेकाे छ ।

अहिलेसम्म यी दुई टिम ५ पटक खेलेका छन । जसमा नेपालले ३ खेल जिते पनि पछिल्लो ५ वर्षयता ओमानविरुद्ध जित निकाल्न सकेको छैन । सन् २००२ को एसीसी ट्रफीमा नेपालले ओमानलाई १०५ रनले हराएको थियो । त्यसको आठ बर्षपछि भिड्दा नेपालल ६ विकेटले विजयी भएको थियो ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *