Sajhamanch Archive

प्याराग्लाइडिङ दुर्घटनामा सैनिकको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

कास्की । पोखरामा प्याराग्लाइडिङ प्रशिक्षणका क्रममा दुर्घटनामा परी नेपाली सेनाका एकजना जवानको मृत्यु भएको छ ।

सेनाले पोखरामा सञ्चालन गरिरहेको प्याराग्लाइडिङ तालिमका क्रममा सोमबार दिउँसो २ः१५ बजे फेवातालमा खसेका धादिङ नीलकण्ठ नगरपालिका घर भएका सैनिक जवान २३ वर्षीय राजाराम मगरको साँझ उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

उनका अनुसार दुर्घटनालगत्तै सेना र सशस्त्र प्रहरीले मगरलाई उद्धार गरी पोखरा९११ रानीपौवास्थित सैनिक अस्पताल पुर्‍याएकामा उपचारका क्रममा साँझ ४ः४५ बजे निधन भएको हो । उनी सेनाको कालीजङ्ग गणमा कार्यरत थिए । मृतकको शव सैनिक अस्पतालमा नै रहेको र परिवारका सदस्य आएपछि बुझाइने प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *