हात्तीको आक्रमणबाट माहुतेको मृत्यु
Published:
by .![](https://old.sajhamanch.com/wp-content/uploads/2018/08/Zo2FRkRnwwfdqgolW5qQ.jpg)
चितवन । चितवन राष्ट्रिय निकुञ्जले पालेको हात्तीको आक्रमणबाट एक कर्मचारीको मृत्यु भएको छ ।
मोती प्रसाद ‘ख’ नामको हात्तीलाई घाँस काट्न हात्तीसँगै गएका माहुते मुखरीलाल सरदारलाई हात्तीले आक्रमण गरेको हो । सुनसरीको कोशी गाउँपालिका–८ स्थित कुशहनी निवासी २७ वर्षीय सदरदार भदौ ५ गते माहुतेमा करारमा नियुक्त भएका थिए ।
सरदारलाई आज बिहान हात्तीले सुढले हानेर मारेको चितवन प्रहरीले जानकारी दिएको छ । उनीसँगै गएका अर्का एक जना कर्मचारी रुखमा चढेर ज्यान जोगाएका थिए ।
Comments