Sajhamanch Archive

आज देशभर ठूलो बर्षा हुने, सतर्क रहन अनुरोध

Published: in राष्ट्रिय समाचार by .

आज (बिहीबार) देशैभरि भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् सुवास रिमालले आज काठमाडौं उपत्यकासहित देशैभरि ठूलो पानी पर्ने सम्भावना रहेको बताए ।

उनका अनुसार अस्थायी न्यूनचापीय रेखा देखिएकाले आज अन्य दिनभन्दा बढी पानी पर्ने सम्भावना छ । अहिले पूर्व र मध्य क्षेत्रमा त्यसको प्रभाव धेरै परेको छ । साँझपख र राति भने यसको प्रभाव क्षेत्र परिवर्तन भई पश्चिमी क्षेत्रमा पुग्नेछ ।

मौसमविद् रिमालले अझै दुई दिन भारी वर्षा हुने सम्भावना रहेको बताउँदै सर्वसाधारणलाई सचेत रहन अनुरोध गरेका छन् । उनले ठूला नदी क्षेत्रमा बाढी तथा डुबान र पहाडी क्षेत्रमा पहिरोको जोखिम रहेको भन्दै सतर्क रहन सुझाएका छन् ।

त्यस्तै, कम्तीमा २ दिनसम्म अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कितसमेत अनुरोध गरेका छन् । आज दिउँसो पूर्व क्षेत्रमा बढी जोखिम हुने पनि मौसमविद्ले बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *