Sajhamanch Archive

विप्लव सरकारसँग वार्तामा नबस्ने

Published: in राजनीति by .

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले सरकारसँग बार्तामा नबस्ने अडान राखेको छ । नेकपाले सरकारसँग वार्तामा बस्नुको कुनै औचित्य नरहेको अडान राखेको हो ।

आफ्ना कार्यकर्तालाई थुनामा राख्दैमा क्रान्ति नरोकिने भन्दै नेकपाका महासचिव विप्लवले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘सरकारले वार्ताको आह्वान गरेर नाटक रचेको छ । यो वार्ताको आह्वान मिठाइको लेपन लगाएको विषको चक्की मात्र हो ।’

वार्ताको कुनै अर्थ नरहेको समेत सो पार्टीले जिकिर गरेको छ । पछिल्लो समय विप्लवका प्रभावशाली नेताहरूलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ ।

चन्दा आतंकको नाममा प्रहरीले मुद्दा परेको भन्दै सो पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड), महिला नेतृ उमा भुजेललगायतका एक दर्जन नेतालाई पक्राउ गरेर मुद्दा चलाइसकेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *