Sajhamanch Archive

ईलामको चुलाचुलीमा धान संकलन गृहको उद्घाटन तथा कृषि औजार वितरण

Published: (Updated: ) in मुख्य समाचार, समाज, स्थानीय तह by .

कमल । प्रदेश नम्वर १ का कृषि तथा सहकारी राज्य मन्त्री राम रानाले ईलामको चुलाचुलीमा धान संकलन गृहको उद्घाटन तथा कृषि औजार वितरण गरेका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तरगत दक्षिणी ईलामको चुलाचुली गाउँपालिका वडा नम्बर १ मा निर्माण गरिएको धान संकलन गृह तथा उन्नत धान ब्लक आयोजना र मकै सघन वालि विकास आयोजनामा संलग्न उत्कृष्ट कृषकलाई कृषि औजार वितरण गरेका हुन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तरगत चुलाचुली गाउँपालिकामा धान ब्लक कार्यक्रम र मकै खेती कार्यक्रमका लागी प्रदेश सरकारबाट सहयोग गरिएको छ । यस कार्यक्रमले यस क्षेत्रमा कृषकलाई फाईदा पुग्ने विश्वास गरिएको राज्यमन्त्री रानाले बताए ।

नेपाल सरकारको सम्बृद्ध नेपाल सुखी नेपाली भन्ने नारालाई पुरा कृषि क्षेत्र नै प्रमुख हो गाउँपलिकाका अधिकाश मानिसहरु कृषिमा आवद्ध छन् यस्ता कार्यक्रमले कृषकलाई फाईदा हुने चुलाचुली गाउँपालिका अध्यक्ष प्रदीपचन्द्र राईले बताए । उनले अवको समय भनेको कृषि यान्त्रिकरणको हो भन्दै सबैलाई कृषि उत्पादन सहयोग पुग्ने गरी गाउँपालिकाले कार्यक्रम ल्याउने समेत जानकारी दिए ।,

प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तरगत यस क्षेत्रका कृषकलाई कृषि यान्त्रिकरण पनि वितरण गरिएको छ । जस अन्तरगत १८ वटा डिप वारीङ्ग, ३४ वटा ट्रली ५ वटा मैकै रोप्ने मसिन, १० वटा स्प्रे ट्यांकी र १ छोडाउने लगायतका सामागी वितरण गरिएको ज्ञान केन्द्र ईलामका प्रमुख टोनी बर्देवाले बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिती ईलामका सभापति गणेश बराल १ नम्वर प्रदेशका सांसद धिरेन्द्र शर्मा (रमण) र काजिमान कागते लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा जग्गादाता गणेश फागो, कृषि प्रविधिक टंक कट्टेललाई सम्मान गरिएको थियो । कार्यक्रममा उन्नत धान ब्लक आयोजना अन्तरगत सुरेन्द्र भट्टराई, घनश्याम गौतम, जमुना ढकाल र मकै सघन वालि विकास आयोजनातर्फ गोविन्द कार्की, गंगा राई, सन्तोष तुम्वापो लगायत दुई दर्जन भन्दा बढी उत्कृष्ट कृषकलाई कृषि औजार वितरण गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *