Sajhamanch Archive

युएईद्वारा नेपालसामु २५५ रनको विजयी लक्ष्य पेश

Published: (Updated: ) in खेलकुद by .

काठमाडौं। एसीसी एसिया कप छनोट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपालले २ सय ५५ रनको विजयी लक्ष्य पाएको छ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५४ रन जोड्यो ।

यसक्रममा युएईका चिराग सुरीले सर्वाधिक ६५ तथा अस्फाक अहमेदले ४५ रनको योगदान गरे । नेपालका लागि सन्दीप लामिछानेले ४ विकेट लिए । १० ओभर बलिङ गर्दा २ मेडन राखेका लामिछानेले २४ रन मात्र खर्चिए ।

लामिछानेका अलावा वसन्त रेग्मी र सोमपाल कामीले समान २/२ विकेट हात पारे । आफ्नो पहिलो खेलमा युएईले सिंगापुरलाई पराजित गर्दा नेपालले ओमानसँग हार बेहोरेको थियो ।

प्रतियोगितामा नेपाल र युएईसँगै ओमान, हङकङ, सिंगापुर र मलेसिया सहभागी छन् । प्रतियोगिता जित्ने टोलीले भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानसँगै एसिया कप खेल्ने मौका पाउने छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *